काठमाडौँ:आज बैशाख १२ गते ! २०७२ साल आज कै दिन नेपालमा मध्यान्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। उक्त भुकम्पले नौ हजार भन्दा बढीको ज्यान लिएको थियो भने २२ हजारभन्दा धेरै घाइते भएका थिए । २०७२ साल बैशाख १२ गते गएको उक्त भुकम्पमा परि आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्क छ।
भूकम्पको कारण २२ हजार भन्दा धेरै नागरिक घाइते भए। भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर ध्वस्त हुँदा दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो।
भूकम्पबाट ३२ जिल्लामा क्षति पुगे पनि गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो।
गोरखा भूकम्पबाट करिब सात खर्ब छ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो।









