अछाम:गृहमन्त्री सुदन गुरुङ ले विगत ३६ वर्षको शासन व्यवस्थामाथि कडा टिप्पणी गरेका छन्। गृहमन्त्री गुरुङले आईतवार सामाजिक सञ्जालमार्फत उनले “हत्कडी लगाउनु पर्ने अपराधीलाई होइन, बरु सुरक्षाकर्मीलाई नै ३६ वर्षसम्म हत्कडी लगाइदिएको जस्तो अवस्था थियो” भन्ने आशय व्यक्त गरेका छन।
विगतमा राजनीतिक प्रभाव र शक्तिका कारण प्रहरी प्रशासनले स्वतन्त्र रूपमा काम गर्न नपाएको अवस्था रहेको संकेत गर्दै गृहमन्त्री गुरुङले अपराध नियन्त्रण गर्नुपर्ने निकाय नै दबाबमा परेर निष्क्रिय जस्तै बनाइएको उनले उल्लेख गरेका छन्।
उनको धारणपछि विगतको शासन प्रणाली र त्यसले सुरक्षा संयन्त्रमा पारेको प्रभावबारे चर्चा सुरु भएको छ।









