Advertisement
SKIP THIS
अछामको साँफेबगरमा १३ बर्षिय बालिकालाई जबर्जस्ती गरेको आरोपमा १ युवक प्रकाउ

अछाम:अछाममा बालबालिकालाई जबर्जस्ती गरेको आरोपमा एक युवक प्रकाउ परेका छन् ।भाद्र ३१ गते जिल्लाको साँफेबगर नगरपालिका ४ मष्टामाण्डौका ३२ बर्षिय महेश भुल प्रकाउ परेका हुन ।

भुलले १३ बर्षिय बालिकालाई १ हजार रुपैया दिई ललाइफकाई शिशौघारीमा लगी जबर्जस्ती गरेको भन्दै उनलाई प्रकाउ गरेको हो।

प्रकाउ परेका भुललाई जबर्जस्ति करणि मुद्दा दर्ता गरि जिल्ला अदालत अछामबाट म्याद थप गरि अनुसन्धान भईरहेको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया