कै बेला उड्न्या हो यो परानी भर नभयाको।
पाहुना त हो जिन्दगी थाइ घर नभयाको।।
म की सुखबिद जिन्दगी विताउन्या मन छियो।
को देश होला रा हजुर यो सहर नभयाको।।
यी मान्छेका सोच सम्झनो छु, बिचार सम्झिनो छु।
म की हुन मन लाग्दो,नाउँ नभयाको ,थर नभयाको।।
खुडा देखाउनोछ बाउला समिट्टो छ क्या प हद्दो भ।
मान्छे हुनैन प नाप तिना भइ नभयाको डर नभयाको।
कठै !तमी आफ्नाइ कुडा हद्दा आफ्नाइ दुख धेक्ता ।
हुनैन् प पाख काट्या चल्लाकी उड्न्या रहर नभयाको।
तम्रा भाषण तमीसँगै राख प्रभु हामीलाई चाहियान ।
हाम्रो गाउँ छ,अझपन बाटो नपुग्याको डाक्टर नभयाको।
शिवराज खनाल कल्पित रामारोशन गाउँपालिका ४ बाटुलासेन अछाम, हाल काठमाडौं ।