Advertisement
SKIP THIS
हराउदै मौलिक बाजाहरु,संरक्षणमा कसैको छैन ध्यान

तारामान खड्का अछाम:कुनै जात सुमदाय र देशलाई सक्नलाई उसको संस्कृतीलाई नष्ट गर्नुपर्छ भनेझै शुभ कार्य लगायत अन्य कार्यहरुमा गाँउघर नै गुन्जायमान हुने गरी विभिन्न ताल शुरमा बजाइँदै आएको पञ्चेबाजा पछिल्लो समय अछाम जिल्लामा लोप हुदै गएको छ । जिल्लाको सांस्कृतिक परम्परा र पहिचानसँग जोडिएको मौलिक तथा परम्परागत पञ्चेबाजा आधुनिक बाजाको आगमन सँगै लोप हुन लागेको छ ।

पहिले गाउँ धरमा हुने विभिन्न मेला,पर्व,बिवाह,धार्मिक उत्सव,जन्म,मृत्यू अन्य औपचारिक कार्यक्रम,स्वागत सत्कारमा पञ्चेबाजा बजाउने चलन थियो । अहिले पश्चीमा संकृतीको प्रबेश सँगै पञ्चेबाजा लोप हुदै गएको छ । परम्परागत सञ्चालनमा रहेको पेसा हाल पछिल्लो पुस्ता हस्तान्तरण हुन सकेको छैन ।बेरोजगारीको समस्याले दैनिक भारत तथा अन्य मुलुकमा युवाहरुको पलायन तथा संरक्षणको अभावले बाजा लोप हुँदै गएको धेरैको भनाई छ ।

मौलिकता झल्काउने पञ्चेबाचा बजाउने सीप सिक्न युवा पिँढीले नचाहँदा बाजा नै लोप हुने अवस्थामा पुगेको छ । पुस्तौ पुस्तादेखि बाजा बजाउदै आएकाहरु नयाँ पुस्ताहरुले सिक्न नचाहेको साफेबगर नगरपालीका १ का भीम बहादुर नगार्जीले बताए ।

अहिले गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ । विगतमा विभिन्न बाजाको निर्माण स्थानीयस्तरमा हुने गरेको भए पनि यतिबेला त्यस्ता खालका बाजा बनाउने सीप भएका मानिस नभएपछि बाजा लोप हुदै गएको साफेबगर नगरपालीका १ कै गगन सिंह परियारले बताए ।बाजा बजाउनेहरुलाई हेलाको दृटिकोणले हेर्ने गरिएकोले पनि नया पुस्ताले सिक्न नचाहेको बाजा बजाउदै आएका नागरिक बताउछन ।

पञ्चेबाजामा दमाहा, ट्याम्को, ढोलकी नरसिङ्गा, सनही लगायतका बाजाको प्रयोग हुने गरेको छ । जिल्लामा प्रख्यात पञ्चेबाजा हराउँदै गएपछि मौलिक बाजाको तालमा नाचिने विभिन्न नाचसमेत लोप हुँदै गएकोले यसको जगेर्ना गर्नको लागि बिभिन्न निकायहरुले पहल गर्नुपर्ने प्राज्ञ तथा देउडा यज्ञराज उपाध्याय बताउछन ।

विशेष गरेर यो बाजा सीमित जाति समूहले मात्र बजाउने गरेकाले यसको संरक्षणको लागि सबै पक्षले पहल गरेर अन्य समुदायमा पनि बाजा बजाउने सीप हस्तान्तरण गर्नुपर्ने देखिन्छ । बाजा बजाउने ब्याक्ती नभेटीने,बजाउने भेटीएपनी बाजाहरु नभेटीने अवस्था भएका कारण बेला मौका र पैसा हुने बाहेक अन्यले बाजा बजाउन सक्ने अवस्था छैन ।बाजा संरक्षण र योसंग जोडिएका व्यक्ति र जातियहरुलाई संरक्षण गर्न नसक्दा हरादै गएको हो ।

तपाईको प्रतिक्रिया