Advertisement
SKIP THIS
इमान्दारिताको अर्को नाम ‘मेघराज’

निराकरण खवर अछाम: इमान्दारिता सबैतिर हुन जरुरी छ। झन राजनीतिमा त अतिआवश्यक नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री तथा अछाम १ ‘क’ मा सत्तागठबन्धनबाट उम्मेदवार बनेका मेघराज खड्का यस्ता पात्र हुन, जो इमान्दारिताको अर्को नाम हुन।

मेघराज खड्का अहिलेसम्म लाभको पदमा नपुगेपनि उनले राजनीतिबाट लाभ लिने अवसर भने नपाएका हैनन। यश पटक उनि अछाम १ क बाट उम्मेदवार बनिरहदा सबै मतदाताले एक पटक उनलाई बुझ्नै पर्छ। सरल स्वाभाव, ईमानदार कर्मठ र निष्ठावान उनलाई यसपटक बिजयी गरि परिक्षण गर्ने यहि मौका हो। अछामको मात्रै होइनन् सुदूरपश्चिम देशको समस्या राम्रोसँग बुझेका मेघराज लामो समयदेखि इमान पुर्वक राजनीतिमा लागेको एक सच्चा सिपाही हुन।

खड्का २०३६ सालमा जनमत संग्रहको घोषणा भएसँगै राजनीतिमा लागेका हुन्। करिब चारदशक लामो राजनीतिक यात्राका क्रममा कहिले बहुदल, कहिले प्रजातन्त्र त कहिले गणतन्त्रका पक्षमा लाग्दा आफूले थुप्रै पटक प्रहरीको चरम यातना तथा जेल जीवन सहनु परेको उनले सुनाए।

नेपाल विद्यार्थी संघबाट २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियू उपसभापति र ०४२ सालमा सभापति भएर काम गरेका खड्का २०४८ सालमा नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिती सदस्य हुँदै २०६२ देखि २०६७ सम्म कांग्रेस अछामको सभापति बने।

२०५४ सालमा जिल्ला विकास समिति अछामको सदस्य निर्वाचित हुँदा आफ्नो क्षेत्रमा विकास निर्माणका महत्वपूर्ण काम गरेर खड्का जनतामाझ लोकप्रिए छन्। पदमा हुँदा पनि नहुँदा पनि निरन्तर अछामको विकास र समृद्धिका लागि सक्रिए खड्काले निष्ठावान राजनीतिकर्मीको छवि बनाएका छन्।

खड्का कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र हुन्। उनी देउवा गृहमन्त्री हुँदा स्वकीय सचिव बसेर काम गरेका थिए। आफूले चुनाव जिते आफ्नो परिवार र नातागोताका लागि नभएर आज अछामी जनताका पक्षमा काम गर्ने उनले प्रतिवद्धता जनाउदै आएका छन।

तपाईको प्रतिक्रिया