Advertisement
SKIP THIS
यो निर्वाचन संविधान मास्ने र रक्षा गर्नेको बिचको हो, उम्मेदवार खड्का

निराकरण खबर अछाम:सत्तागबन्धनबाट अछाम १ प्रदेश सभाका उम्मेदवार मेघराज खड्काले यो निर्वाचन संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने संविधान मास्ने बिचको भएको बताए छन ।

सोमबार साँफेबगरमा सत्तागठबन्धले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री समेत रहेका खड्काले अबको निर्वाचन देशलाई अगाडि बढाउने र पछाडि ढकेल्ने बिच भएको बताए ।

यश निर्वाचनमा जनताले नेता चिन्नुपर्ने बताए ।देश कोरोनाले चेपेकोबेला हाच्छु गर्नु हदेलो पानी खानु भन्ने केपी ओलिलाई चिन्नुपर्ने बताए ।नेपाली जनताको बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक संबिधानको केपि ओलिले एक नभई दुई पटक हत्या गरेकोले आम नागरिकले त्यस्तालाई चिन्हुपर्ने बताए ।

तपाईको प्रतिक्रिया