Advertisement
SKIP THIS
नायब सुब्बा दम्पतीले मनाए छोराको जन्मदिन बैजनाथ वेद विद्याश्रममा

निराकरण खबर अछाम:जन्मदिनको अवसर बान्नीगढी जयगढ गाउँपालिका नायब सुब्बा दम्पती तिलकमान ठकुल्ला र समीक्षा थापाले छोरा स्वर्णिमजंग ठकुल्लाको जन्मदिनको बैजिनाथ धाम वेद विद्याश्रममा मनाएका छन।

शुक्रबार बिहान नायब सुब्बा दम्पतीले छोराको जन्मदिनको अवसरमा बैधनाथ वेद विद्याश्रमका २७ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग समेत गरेका छन।

अनावश्यक फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्च गरिएको नायब सुब्बा दम्पतीले बताए ।

यस्तै छोराको जन्मदिनको अवसरमा नायब सुब्बा दम्पतीले बल्डक्यासर पिडित गणेश ठकुल्लालाई समेत ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन।

तपाईको प्रतिक्रिया