Advertisement
SKIP THIS
सुदुरपश्चिममा निरन्तर साना-साना भुकम्पहरु जानु कतै भयानक भुकम्पको पुर्व संके त होईन ?

अछाम:सुदुरपश्चिममा निरन्तर साना-साना भुकम्पहरु जानु कतै भयानक भुकम्पको पुर्व संके त होईन ?
यस्ता छन् त्यसलाई पुष्टि गर्ने आधारहरु
:
ईतिहांसका रेकर्डहरु हरुलाई आधार बनाएर बैज्ञानिहरुले गरेका अध्ययन अनुसन्धानहरु अनुसार पृथ्विको भुगर्भ मा निर्माण हुने ठुला भुकम्पका प्लेटहरू एक पटक ठोक्किएर नष्ट भय भने फेरी त्यहि आकारका प्लेटहरु बन्न करिब ७० देखि ८० बर्ष लाग्ने गर्दछ यस आधारमा एक पटकमा ठुलो भुकम्प गएको ठाउँमा फेरी त्यस्तै भुकम्प जान कम्तिमा ७० देखि ८० बर्ष लाग्ने गर्दछ।

१९९० साल पछि नेपालको शुदुर पश्चिम र भारका कुमाउँ गढवाल अल्मोडा कांगडा लाई केन्द्र बनाएर कूनै ठुलो भुकम्प गएको छैन त्यसको अवधि लगभग ९० बर्ष पुरा भएको छ। भारतीय बैज्ञानिकहरुका अनुसार भारतको उत्तरी भूभाग दैनिक ०.००१ मिलि मिटरका हिसाबले पश्चिम नेपाल तिर दबाव बनाईरहेको छ उनिहरुका अनुसार त्यसको कारण पृथ्वीको भुगर्भमा मौजुद बिशाल भुकम्पिय प्लेटहरु नै हुन्।उनिहरुका अनुसार यो क्षेत्रमा अहिलेसम्म २ वटा ठुला भुकम्प गैसक्नु पर्ने थियो तर ति प्लेटहरु सुरक्षित नै रहेको र जुनसुकै बेला पश्चिम नेपाल र भारतको उत्तरपुर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भयानक भुकम्प जान सक्छ जसमा नासाका बैज्ञानिकहरु समेत धेरै हदसम्म सहमत देखिएका छन्।

७.५ देखि ९ म्याग्नेच्युट सम्मको रहन सक्ने उक्त भुकम्प बाट पश्चिम नेपाल र त्यसैको श्रृङ्खला जोडिएको भारतसम्म करिब ९ लाख मानिस मारिन सक्ने अनुसन्धान कर्ताहरुको भनाई छ। भुकम्प बढि म्याग्नेच्युटको हुनु र खासगरी यो क्षेत्रमा बनेका कमजोर घरका संरचनाहरुलाई उनिहरुले क्षतिको कारण बनाएका छन्।

तपाईको प्रतिक्रिया