निराकरण खबर अछाम:हाल सामाजिक सञ्जालमा बिभीन्न जात,जाती समुदायलाई खलल पुग्ने गरि सार्वजनीक भएको सामाग्री प्रति सत्ता गठबन्धनका उम्मेदवार आपत्ति जनाएका छन। सत्तागबन्धनबाट अछाम १ प्रतिनिधि सभा उम्मेदवार श्रम रोजगार तथा सामाजिक मन्त्री शेर बहादुर कुँवर ,अछाम १ ‘क’ प्रदेश सभा उम्मेदवार नेपाली कांग्रेसका सुदूरपश्चिम महामन्त्री मेघराज खड्का, अछाम १ ‘ख’ प्रदेश सभा उम्मेदवार झपट साँउद,नेपाली कांग्रेस प्रतिनिधि सभा समानुपातिक उम्मेदवार डम्बर सुनार र नेपाली कांग्रेस सुदूरपश्चिम समानुपातिक उम्मेदवार टिकाराम खनालद्वारा हस्ताक्षरित सयुक्त प्रेस बिज्ञप्तिमा भनिएको छ।
अछाम जिल्ला विभिन्न जातजाती र संस्कृतिको ऐतिहासिक एवम् पवित्र भूमी भएको सर्वविदिदै छ । हामी करिब ४ दशक लामो राजनीतिक यात्रामा शोषण, उत्पीडन र जातीय विभेदका विरुद्ध संघर्ष गर्दै आईरहेका छौं ।
२०७९ साल मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनलाई लक्षित गरीके हि अराजक तत्वले गठबन्धनका उम्मेदवारहरुको नतिजालाई प्रभावित गर्ने मनसाय राखी विभिन्न जातजाती विच ध्रुविकरण गर्नका लागि जालझेल र षड्यन्त्र गरेको दुष्प्रयास प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको सयुक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ।
अछाम क्षेत्र नं १ का जनतालाई भम्रमा पार्न अतिरञ्जित क्रियाकलाप गर्दै गठबन्धनका उम्मेद्वारहरुको चरित्र हत्या गर्ने कार्यको हामी घोर खोजिएको, जनतालाई उत्तेजित पार्न अछामी गीती शैलीमा विभिन्न जातजातीका राजनैतिक व्यक्तिहरुलाई जोडेर गठबन्धनका उम्मेद्वारहरुले भेदभाव गर्ने गरेको भनि केही दिन अगाडी सामाजिक संजाल फेसबुकको चरम दुरुपयोग गरि चौरपाटी अछामको नाममा फेक आइडी खोलेर सामाजिक सद्भाव खलल पुर्याउने र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका विरुद्धका गतिविधि नगर्न र नगराउन बिज्ञप्ति मार्फत चेतावनी दिएका छन।
निर्वाचनमा होमिएका लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिश्चत देखिएकाले त्यसलाई रोक्नका लागि सामाजिक संजालको चरम दुरुपयोग गरि सामाजिक सद्भाव कायम गरी मिलेर बसेको समाजलाई भड्काएर गलत तरिकावाट फाइदा लिनका लागि गरिएको षड्यन्त्र प्रति हरेक अछामी नागरिक सचेत र सजग रहन आवश्यक सत्ता गठबन्धनले भनेको छ।
असामाजिक प्रवृतिका बिरुद्ध विगत देखी नै लड्दै आएका छौ र यस्ता खालका प्रवृति तथा षडयन्त्रको चारै तिरबाट विरोध र भण्डाफेर हुन आवश्यक रहेको र यस्ता गतिविधी गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न निर्वाचन आयोग र सम्बन्धित निकायलाई अनुरोध गरेका छन।
साथै आसन्न निर्वाचनलाई सभ्य भव्य तथा मर्यादित बनाई भए रहित ढंगवाट कसैको दबावमा नपरी मतदान गर्ने सहज वातावरण बनाउन तथा निर्वाचन आचार संहिता पालना गर्न सबैलाई विज्ञप्ती मार्फत हार्दिक अपिल गरेका छन।










