Advertisement
SKIP THIS
यस्ता छन ,सत्ता गठबन्धनबाट अछाम १ प्रदेश सभा ‘क’ का उम्मेदवार मेघराज खड्काका प्रतिबद्धताहरु

निराकरण खबर अछाम: सत्ता गठबन्धनबाट अछाम १ प्रदेश सभा ‘क’ का उम्मेदवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काले प्रतिबद्धहरु सार्वजनिक गरेका छन।

खड्काले बयालपाटा अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याएर दिगो रुपमा सञ्चालन गर्ने,आधुनिक, गुणस्तरीय तथा प्रविधिमैत्री सार्वजनिक शिक्षाको सुनिश्चितता गर्ने , प्रमुख ग्रामिण सडकहरुको स्तरोन्नती गर्दै मुख्य सडक संजालमा जोड्ने,शिक्षालाई सीप, सीपलाई उत्पादन तथा उत्पानलाई रोजगारी एवम् आयसंग आवद्ध गर्ने प्रतिबद्धहरु सार्वजनिक गरेका छन् ।

यस्तै बुढीगंगा नदीमा तटबन्धनको दिगो व्यवस्थापन गरी नदीको पानीलाई सिचाइ प्रयोजनमा ल्याउने,आधुनिक, वैज्ञानिक, व्यसायिक कृषि प्रणाली अवलम्बन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने ,सार्वजनिक सेवामा आम नागरिहरुको सरल र सहज पहुँच स्थापना गर्ने स्थानिय श्रोत साधनमा आधारित (घरेलु, साना तथा मझौला उद्योग स्थापना गरी उद्यमी र उद्यमशीलताको विकास गर्ने ,समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरी सभ्य एवं समतामूलक समाज निर्माणमा जोड दिने ,खप्तड, वैद्यनाथ धाम, देवकन्या, नैनिधाम खप्तड रामारोशन लगायतका अन्य पर्यटकीय क्षेत्रको बिकासका लागी विशेष पहल गर्ने उल्लेख गरेका छन।

तपाईको प्रतिक्रिया