Advertisement
SKIP THIS
सत्ता गठबन्धनको चुनावी रणनीतिक बैठक साँफेबगर नगरपालिका वडा नं २ जाल्पादेबि सम्पन्न

निराकरण खबर अछाम:अछाम १ प्रदेश सभा ‘क’सत्ता गठबन्धनको रणनीतिक चुनावी बैठक साँफेबगर नगरपालिका वडा नं २ जाल्पादेबि सम्पन्न भएको छ।

सत्ता गठबन्धनको तर्फबाट अछाम १ मा प्रतिनिधि सभाका उम्मेदवार श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री शेर बहादुर कुँवरको प्रमुख आथित्यमा चुनावी रणनीतिक बैठक सम्पन्न भएको हो।

कार्यक्रम बोद्दै प्रमुख अथिति कुँवरले गठबन्धन देशको आवश्यकताले बनेको बताउदै पार्टी भन्दा ठुलो देश भएकाले गठबन्धन गरिएको बताए ।

यस्तै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री तथा अछाम १ ‘क’ का उम्मेदवार मेघराज खड्काले यो गठबन्धन शान्ति प्रक्रियाको नेतृत्व गर्ने गिरिजा प्रशाद कोईराला, माधव नेपाल र प्रचण्डहरुको गठबन्धन भएको बताए ।

एमालेले अध्यक्ष ओलीले यो गठबन्धनलाई अपिबित्र भन्ने गरेको तर उनले गरेको गठबन्धन बिखण्डनकारी सिके रावत ,राजावादी हरुसँग भएको बताए ।

कार्यक्रम नेपाली कांग्रेस समानुपातिक उम्मेदवार डम्वर सुनार डिबि, समाजवादी प्रदेश समानुपातिक उम्मेदवार केशरी रेग्मी लगायत नेपाली कांग्रेस समाजवादी र माओवादीका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया