निराकरण खबर अछाम:आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि सत्ता गठबन्धनको घरदैलो अभियान सुरु भएको छ।
अछाम क्षेत्र नं १ र प्रदेश सभा ‘क’ को आयोजनामा बिहीबार चौरपाटी गाउँपालिका ६ दुनि र ७ मार्कुमा घरदैलो अभियान सम्पन्न भएको भएको सत्ता गठबन्धनले जनाएको छ।
घरदैलोका क्रममा अछाम १ बाट समाजवादीका उम्मेदवार रोजगार तथा श्रम मन्त्री शेर बहादुर कुँवर , प्रदेश ‘क’ का उम्मेदवार नेपाली कांग्रेसका सुदूरपश्चिम महामन्त्री मेघराज खड्का ,कांग्रेसका समानुपातिक उम्मेदवार डम्बर सुनार (डिबि)नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द्र शाह लगायत कांग्रेस समाजवादी र माओवादीका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
घरदैलोमा अभियानमा उम्मेदवारहरुले जनताका समस्या बुझ्दै उनिहरुलाई गठबन्धन गर्नुपरेको कारण बारे जनतालाई बुझाएका थिए ।










