अछाम :सत्ता गठबन्धन अछामको घर दैलो अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर १ र २ मा सम्पन्न भएको छ ।
कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह, प्रदेश सभा सदस्य पदका उम्मेदवार मानबहादुर रावल ,प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार केशरी रेग्मी ,मोतिकला चलाउनेको उपस्तिथि रहेकोे थियो ।
घर दैलो अभियानमा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाहले संविधानको रक्षा, जन आन्दोलनको बलमा स्थापित गणतन्त्र, प्राप्त उपलब्धिलाईको रक्षाको लागि गठबन्धन भएको धारणा व्यक्त गरेका छन् । अछामको समग्र विकासको लागी सत्ता गठबन्धनका उम्मेदवार हरुलाइ बिजयी गराउनु पर्ने बताए ।
केपि ओलिले संविधान र लोकतन्त्रलाई नै खतरामा पारेपछि त्यसको रक्षाका लागि गठबन्धन भएको बताउदै उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार मानबहादुर रावलले प्रतिगामी चलखेलका विरुद्ध बलियो राजनीतिक मोर्चाको अहिलेका लागि आवश्यक रहेकोले संवेदनशील बनेर चुनावमा गठबन्धनका उम्मेदवार बिजयी गराउन केन्द्रित हुनु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा काङ्ग्रेस अछामका सहसचिव दिनेश कुमार स्वार,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी ,नेपालीका काङ्ग्रेस नेता नेत्र रावल ,मिलन रावल ,राम बहादुर भाट,तरुण दल जिल्ला अध्यक्ष रमेश बिष्ट,एकीकृत समाजवादीका नेता पुर्ण रावल , लगायतको उपस्तिथि रहेको थियोे ।










