निराकरण खबर अछाम:नेकपा एमाले अछाम क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटी सह संयोजक केशर मियालेले राजिनामा दिएका छन।
क्षेत्रिय समन्वय कमिटी एकल सिफारिस गरेका नेता भिम रावललाई केन्द्रीय कमिटीले टिकट नदिएपछि राजिनामा दिएका हुन ।
सह संयोजक मियाले सर्वसम्मत रुपमा डा भीम रावलको नाम सिफारिस गर्दा पनि केन्द्रबाट विकल्प खोज्ने निर्णय भएको प्रति खेद प्रकट गर्दै क्षेत्रीय समन्वय कमिटी संयोजक पदबाट राजिनामा दिएको बताए।











