Advertisement
SKIP THIS
सत्ता गठबन्धन बिच सहमति,अछाम १ समाजवादीलाई

निराकरण खबर अछाम:सहमति अनुसार अछाम क्षेत्र नं १ एकीकृत समाजवादीको भागमा परेको छ। अछाम १ बाट समाजवादी श्रम मन्त्र शेर बहादुर कुँवरलाई एकल सिफारिस गरेको छ।

एमालेबाट एकल सिफारिस गरेर पठाईएका भीम रावलको नाम कटाएर उनको ठाउँमा माओवादीबाट एमाले प्रबेश गरेका झपट बोहरालाई टिकट दिएका छन।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ सिट मध्ये नेपाली कांग्रेसले ९ ,माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले ३ सिट पाउने सहमति भएको छ।

कांग्रेस कैलाली १,४,५ कञ्चनपुर २,३डडेल्धुरा अछाम २ ,बाजुरा र दार्चुला पाएको छ।यस्तै माओवादी केन्द्रले कैलाली २,३ कञ्चनपुर १ र बैतडी पाउदा एकिृकृत समाजवादी अछाम १,डोटी र बझाङ पाएको छ।बब

तपाईको प्रतिक्रिया