Advertisement
SKIP THIS
को हुन?भीम रावलको नाम कटाएर टिकट पाउने झपट बोहरा

निराकरण खबर अछाम:नेकपा एमालेले अछाम क्षेत्र नं १ बाट एकल सिफारिस गरेका एमाले नेता तथा पुर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रक्षा मन्त्री समेत बनेका भीम रावलको अन्तत टीकट खोसिएको छ। उनको एमाले अध्यक्ष केपि शर्मा ओलीले नाम कटाएर अछाम क्षेत्र नं १मा झपट बोहरालाई दिएका छन।

२०७४ साल सम्पन्न प्रदेश सभाको निर्वाचनमा अछाम क्षेत्र नं १ प्रदेश सभा ‘ख’ बाट माओवादीबाट बिजयी बोहरा सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री भएका थिए । तत्कालीन नेकपा बिभाजन भएपछि एमाले तर्फ लागेका बोहरा अछाम जिल्लाका एमाले इन्चार्ज समेत हुन । एमाले केन्द्रीय सदस्य समेत रहेका बोहरा अध्यक्ष ओलीका नजिकका नेता हुन।

अछाम जिल्लाबाट २०४८ सालदेखि निरन्तर टिकट पाउदै बिजयी समेत भएका रावल एमाले अध्यक्ष ओलीका खरो बिरोधि हुन। एमाले हुदाँ माधव नेपाल पक्षबाट बिभीन्न पटक पटक सत्ताको स्वाद लिएका रावललाई यसपटक अछामबाट एकल सिफारिस गरेपनि अध्यक्ष ओलिले उनलाई टिकट दिएन।

तपाईको प्रतिक्रिया