Advertisement
SKIP THIS
अछाम क्षेत्र नं १ को साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय खोलियो

निराकरण खबर अछाम:निर्वाचन आयोगको कार्यतालिका अनुसार अछाम क्षेत्र नं १ साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।

बिहीबार साँफेबगर नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। अछाम क्षेत्र नं १ साँफेवगरको लागि शम्भु गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।

यस पटकदेखि प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी दर्ता, निर्वाचन सम्बन्धी अन्य कार्य र मत गणनासम्म सबै काम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाटै सम्पादन हुनेछन् । यस अघि जिल्ला सदरमुकाममा उम्मेदवारी दर्तादेखि मतगणनासम्म हुँदै आएको थियो ।

सुदूरपश्चिममा कहाँ कहाँ रहने छन् निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतका कार्यालय र को को छन् मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतः 
१. कैलाली      
क्षेत्र नं.–१ टीकापुर नगरपालिका राजेन्द्रसिंह भण्डारी
क्षेत्र नं.–२ लम्की चुहा नगरपालिका तेजप्रकाश जोशी
क्षेत्र नं.–३ घोडाघोडी नगरपालिका लक्ष्मीनारायण दाहाल
क्षेत्र नं.–४ गोदावरी नगरपालिका इन्द्रबहादुर कठायत
क्षेत्र नं.–५ मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी माननीय ओमप्रसाद अर्याल 
२. कञ्चनपुर 
    क्षेत्र नं.–१ बेलौरी नगरपालिका कृष्णप्रसाद नेपाल
    क्षेत्र नं.–२ शुक्लाफाँटा नगरपालिका मोहनीप्रसाद जोशी
    क्षेत्र नं.–३ मुख्य निर्वाचन अधिकृतको कार्यालय महेन्द्रनगर माननीय ध्रुवकुमार शाह
३. अछाम
क्षेत्र नं.–१ साँफेवगर नगरपालिका शम्भु गौतम
क्षेत्र नं.–२ मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसेन माननीय पिताम्बर शर्मा
४. डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय माननीय शिवलाल पाण्डेय
५. बझाङ्गमा मुख्य निर्वाचन अधिकृतको कार्यालय माननीय नन्दकिशोर प्रसाद यादव
७. बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय माननीय ढाकाराम पौडेल
७. बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय माननीय जयानन्द पनेरू 
८. डडेंलधुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय माननीय बालकृष्ण वाग्ले
९. दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय माननीय खेमराज भट्ट
आयोगले मुख्य निर्वाचन अधिकृत जिम्मेवारी सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई दिएको जनाएको छ ।  
     

तपाईको प्रतिक्रिया