अछाम: लामो रस्साकस्सी पछि सत्तारूढ दल नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशबाट तीन केन्द्रीय सदस्यसहित ९ जनालाई उम्मेदवार बनाएको छ ।
यस अघि काँग्रेसले असोज ३ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको बन्द सूचीमा सुदूरपश्चिमबाट १३ जनाको नाम राखेको थियो ।
काँग्रेस पार्टीभित्र सभापति शेरबहादुर देउवा समूहले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जर्वजस्त पेलेर आफ्ना समर्थकहरूलाई मात्र टिकट वितरणमा एकलौटी गर्न खोजेको भन्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा निकट नेताहरू पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग राख्दै आन्दोलित भएपछि पछिल्लो पटक समानुपातिक तर्फको नामावलीमा हेरफेर भएको हो ।
पछिल्लो पटक नेपाली काँग्रेसले समानुपातिकतर्फ सुदूरपश्चिमबाट ४ महिला र ५ पुरूषसहित ९ जनालाई बन्द सूचीमा राखेको छ भने यस अघि ५ महिला र ९ जना पुरूष गरी १३ जना समेटेका थियो ।
काँग्रेसले असोज १६ गते निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको अन्तिम वन्द सूचीमा केन्द्रीय सदस्यहरू प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पत्नी डा. आरजु राणा देउवा, केन्द्रीय सदस्य एवं संसदीय दलकी पूर्व सचेतक ईश्वरी न्यौपाने र जीवन राना समेत परेकीछिन् ।
काँग्रेसको समानुपातिकतर्फको वन्द सूचीमा सबैभन्दा बढी कैलालीबाट ३ जना परेका छन् ।
को–को परे काँग्रेसको समानुपातिक वन्द सूचीमा ?
१. डा. आरजु राणा देउवा डडेंलधुरा (खस आर्य महिला)
२. ईश्वरी न्यौपाने कैलाली (खस आर्य महिला)
३. प्रसिस महरा डोटी (खस आर्य महिला)
४. नरेशबहादुर सिंह बझाङ्ग (खस आर्य पुरूष पिछडिएको क्षेत्र)
५. ललितसिंह बोहरा दार्चुला (आदिवासी जनजाति पुरूष)
६. डम्बर सुनार अछाम (दलित पुरूष)
७. महा सहनाई नेपाली बाजुरा (दलित पुरूष पिछडिएको क्षेत्र)
८. जीवन राना कैलाली (थारू महिला)
९. फिरू राना कैलाली (थारू पुरूष)
समानुपातिक वन्द सूचीबाट को–को बाहिरिए ?
१. सुशीला मिश्र भट्ट कैलाली
२. खेमराज डगौरा थारू कैलाली
३. जनकबहादुर बम कैलाली
४. टेकबहादुर नाम्जाली मगर कैलाली
५. लोकराज अवस्थी कञ्चनपुर
६. रामकुमारी चौधरी कञ्चनपुर
७. भरतकुमार स्वाँर अछाम
८. विद्या तिमिल्सिना बाजुरा
समानुपातिक वन्द सूचीमा को–को भित्रिए ?
१. ईश्वरी न्यौपाने कैलाली
२. फिरू राना कैलाली
३. प्रसिस महरा डोटी
४. महा सहनाई नेपाली बाजुरा










