अछाम, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सभासद शरदसिंह भण्डारी विरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ।
तत्कालीन संविधानसभा निर्वाचनका बेला भण्डारीको मतदाता नामावलीमा नाम समावेश नभएकाले उनले झुट्टा विवरण पेश गरी उम्मेद्वारी दिएको र गैरकानुनी रुपमा निर्वाचित भएको भन्दै उजुरी गरिएको छ।
उजुरीपत्रमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिबाट भएको सो कार्य अख्तियारको दुरुपयोग हुने हुँदा तत्कालीन संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा १९ को उपदफा (क) बमोजिम अयोग्य ठहरेकाले कानुन बमोजिम अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाई दिनुहुन अनुरोध गरिन्छ।’ भण्डारी २०६४ सालको संबिधान सभा सदस्यको निवार्चनमा अछाम क्षेत्र नं २ बाट बिजयी भएका थिए ।











