निराकरण खबर अछाम:आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लामा ईजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
निर्वाचनलाई विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य भएकाले जिल्लाभित्र रहेका ईजाजत प्राप्त हातहतियारहरु कार्तिक ७ गते भित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले भनेको छ।
बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरिने ,कोही कसैले विना ईजाजतका भरुवा तथा एयर गन वन्दुक राखेको भए समेत कार्तिक ७ गते भित्रमा स्वतः स्फूर्तरुपमा बुझाउन भनेको छ।
निर्धारित समयभित्र नबुझाएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेयले बताए ।











