निराकरण खबर अछाम:नेपाली हरुको महान पर्ब बडा दशैं असोज १० गते घटस्थापना गरेर सुरु भईसकेको छ ।मान्यजनको हातबाट टिका ग्रहण देखि एक आपसमा खुसि साट्दै दशैं मनाउन देश तथा बिदेशबाट घर आउने गर्छन ।
यसपालीको दशैको बेला करिव ८ दिन बिदा रहेको छ । ८ दिनको बिदाको समयलाई भरपुर सदूपयोग गरि तपाई घर परिवार, साथी भाई सँग अछामका यी ठाउँहरु घुमेर यो दशैलाई अझै छणदायीक बनाउन सक्नुहुन्छ।
खप्तड
खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। उहाँले योग र ध्यान गर्नुभयो र किताबहरु लेख्नुभयो। उहाँले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ। यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्ला संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन्। खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन् ।
कसरी जाने अछामको साफेबगर नगरपालीका ९ बुढाकोट सम्म गाडी त्यहाबाट १२ घण्टाको पैद, यस्तै साफेबगर नगरपालीका १२ खप्तडको नैनी सम्म गाडी र त्यहाबाट ६ घण्टा पैदल हिडेर खप्तड पुग्न सकिन्छ ।
नैनी
साँफेबगर नगरपालीका १२ खप्तडमा रहेको नैनी १ दिनको लागि घुम्न उपयुक्त ठाउँ हो, साँफेबगरबाट सिधै गाडीका नैनी पुग्न सकिन्छ । नैनीमा बन्दै गरेको शीवजीको मुर्ती जो ढुंगालाई कुदेर बनाउदै गरेका छन । स्थानिय उज्जल रानाले, नैनीमा ताल,हरिया फाट ,नैनीबाट देखिने बडीमालीका झनै मनमोहक छन ।
बैजनाथ
नेपालकै ४ धाम मध्यको एक बैजनाथ धाम साँफेबजार बाट ४ किलोमिटर दक्षीण तर्फ पर्छ। बैधनाथ एक दिनको परिवारिक धार्मीक तथा पयटकीय यात्रा बन्न सक्छ ।
बान्नीगढी
बान्नीगढी जयगढ गाउँपालीका १ मा अवस्थीत बान्नीगढी मन्दिर पैदल र गाडीबाट जान सकिन्छ। गाडिबाट गए २ मिनेट मात्रै हिड्नु पर्छ । जयगढ बजारबाट सिढी चढ्दै पैदल यात्रा गदै ४५ मिनेटमा बान्नीगढीको मन्दिर पुग्न सकिन्छ । बान्नीगढीमा भीमले कैलाश खोला फर्काउनलाई डाडा काटेको ठाउँ अझैपनि देखिन्छ । बान्नीगढीमा गुफा झनै आर्कषक देखिन्छ ।
रामारोशन
रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चउर छन। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।जसको आकार अंग्रेजी अक्षर “सि“जस्तो छ।जुन बाटुले ताल भन्दा अली माथी छ।यहाको सानो तालमा ताउने ताल हो।यो हाल पुरिने अवस्थामा छ।जिगाले ताल भन्दा माथीपनि धेरै तालहरु छन।यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चउर छन।जून अठार खण्ड का नामले प्रख्यात छन।यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो।जसको बिच भएर कैलाश खोला बग्दछ।यो सम्भवत अछामकै ठुलो चउर हो।यसको केहि माथी पट्टी रोशन चउर छ।यो पनि धेरैनै ठुलो छ










