Advertisement
SKIP THIS
नेपाली कांग्रेस बान्नीगढी १ गाज्राकी महिला संघकी पूर्व अध्यक्ष चन्द्रा खड्काको निधन

निराकरण खबर अछाम:नेपाली कांग्रेस पुर्व गाउँ कमिटी बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्राकी महिला संघकी पूर्व अध्यक्ष चन्द्रा देवि खड्काको निधन भएको छ।

उनको शनिबार ५४ बर्षको अल्पायुमै आफ्नै निवास गाज्रामा निधन भएको हो। मृतक खड्काको सोमबार साँफेबगरमा रहेको बुढिगंगा नदिमा अन्तिम संस्कार गरिएको छ।

मृतक खड्कालाई नेपाली कांग्रेस बान्नीगढीका सभापति कर्ण ठकुल्लाले पार्टीको झण्डा ओढाएका थिए । उनको निधन सिङ्गो
कांग्रेसलाई ठुलो क्षति पुगेको सभापति )९ठकुल्लाले बताए । नेपाली कांग्रेसले एक शाहसिक , इमानदार कर्मठ नेता गुमाएको उनलेे खाचो पार्टी भित्र खड्किरहने सभापति ठकुल्लाले बताए ।

तपाईको प्रतिक्रिया