अछाम:नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. भीम रावलले कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित नभएको बताएका छन् । टिकट कसलाई दिने भन्ने बिषय पार्टी अध्यक्ष भएको बताउदै आफू टिकटका लागि मरिहत्ते नगर्ने बताए । ९औं अधिबेशन पछि अध्यक्ष ओलि सँग कुनै औंपचारिक कुरा कानि समेत नभएको बताउदै नेतृत्व सँग धेरै कुरामा सहमति नभएको बताए ।
नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रावलले आफुलाई प्रतिनिधि सभामा चुनाव लड्नका लागि एकल नाम सिफारिस गरे जसरी पार्टीले निर्णय गरे आफु चुनाव लड्न कत्ति पनि विचलित नभएको बताए ।
उनले आफुले कहिल्यै पनि टिकटका हार गुहार नगरेको र पार्टीले निर्णय गरे मुताविक नै चुनाव लड्दै आएको बताउनु भयो। रावलले पदको लागि पार्टी भित्र मरिहत्ते नगर्ने बताए। चुनाव लड्ने आशामा आफु नेताका घरघरमा पुगेर म चुनाव लड्छु नभन्ने उनले बताए ।
मैले चुनाव लड्ने निर्वाचन क्षेत्र अछाम क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरुले चुनाव लड्न आग्रह गरे आफ्ना कार्यकर्ताको मागको सम्बोधन गर्न पछि हट्ने कुरै छैन।
रावल शुक्रबार गृह जिल्ला अछाममा कार्यकर्ता भेटघाटमा आएका हुन। नेता रावल प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ता भेटघाटमा गृह जिल्ला पुग्नु भएको हो। २०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रावल फेरि पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चामा हुनु हुन्छ। नेकपा एमालेले अछाम क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा सदस्य लड्न रावलको एकल नाम सिफारिस गरि सकेको छ।
फरक प्रशंगमा बोल्दै उहाँले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितको लागि आफु निरन्तर लागि रहेको बताउनु भएको छ। अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेमा आस्थावान नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका संयोजक प्रकाश शाहको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाको संचालन नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका सचिव चक्र बहादुर रावलले गरेका थिए।










