Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाले घरदैलोमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिकाले घरदैलोमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ।

बिहीबार नगरप्रमख राजेन्द्र बहादुर कुँवरको अध्यक्ष्ातामा बसेको बैठकले नागरिकको माग,भौगोलिक बिकटताले असहजका कारण बृद्धहरुलाई असहज भएको भन्दै नागरिकको घरदैलोमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने निर्णय गरिएको नगर प्रवक्ता मक्कर बहादुर कुँवरले बताए ।

सामाजिक सुरक्षा बितरण गरिरहेका बैंकहरु सँग सहकार्य गर्दै समाजिक सुरक्षा भत्ता घरदैलोमा वितरण गर्दा जनप्रतिनिधि, बैंकका कर्मचारी र सुरक्षाकर्मीसँगै लिएर वितरण गर्ने निर्णय गरिएको नगर प्रवक्ता कुँवरले बताए ।

तपाईको प्रतिक्रिया