Advertisement
SKIP THIS
एकद्धार प्रणालीले राहत वितरण कार्यमा अबलम्बन गर्न जिल्ला प्रशासन कार्यालय अछामको आग्रह

अछाम:जिल्ला प्रशासन कार्यालय अछामले राहत वितरण कार्यमा एकद्धार प्रणाली अबलम्बन गर्न आग्रह गरेको छ । हालै जिल्लाका बिभिन्न ठाँउमा बाढी पहिरोबाट प्रभावितहरुलाई राहत वितरण गर्दा एकद्धार प्रणाली अवलब्मन गर्न आग्रह गरेको हो ।

जिल्ला भित्र तथा बाहिर बिभिन्न संघ संस्था तथा व्यक्तीहरुले संकलन गरिरहेको राहतलाई बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा भएको व्यावस्था तथा जिल्ला बिपद् व्यावस्थापन समितीको निर्णय बमोजिम एकद्धार प्रणाली मार्फत राहत बितरण गर्न जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ ।

राहत वितरण कार्यमा एकरुपता कायम गर्न राहत संकलन गर्ने व्यक्ती, संघ संस्थाले अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयको अनुमती लिनुपर्ने र आर्थिक राहत जिल्ला प्रशासन कार्यालय अछामको जिल्ला बिपद् व्यावस्थापन कोषमा जम्मा गर्नुपर्ने प्रशासकीय अधिकृत मिनराज आर्चायले बताए ।

भौतिक राहत सामाग्री समेत जिल्ला प्रशासन कार्यालय अछामको स्वीकृती र स्थानिय पालिका संग समन्वय गरेर मात्र वितरण गर्न आग्रह गरिएको अधिकृत आर्चायले बताए ।

भाद्र ३१ गते राति अवरिल बर्षाका कारण अछाम जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाँउपालिका र तुर्माखाँद गाँउपालिकामा पहिरोले घर पुरिदाँ २२ जनाको मृत्यु र १ जना बेपत्ता भएका थिए ।

आर्थिक राहत उल्लेखित खातामा जम्मा गर्न सकिनेछ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय अछाम ।
खाता नं। ४२६०१००१०२०६००००
राष्टिय वाणिज्य बैँक

तपाईको प्रतिक्रिया