टेकराज भण्डारी: अछाम अछामकाे कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथमा माध्यमिक विद्यालयकाे प्रधानाध्यापकबाट राजीनामा दिएर खुला राजनीतिमा लाग्नुभएका लाल बहादुर शाही नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका छन।
शाही ५ सय ८४ मत प्राप्त गरि बिजयी हुनुभएको हाे । उहाँले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम बहादुर शाहीलाई १२२ मतान्तरले पराजित गरे । कांग्रेस उम्मेदवार शाहीले ४ सय ६२ मत प्राप्त गरे ।
कांग्रेस उम्मेदवार शाही २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष थिए । बिरपथलाई नेपाली कांग्रेसले आफ्नाे राम्रो पकड क्षेत्रका रुपमा लिने गरेकाे थियाे ।
शाही कात्यायनि माविका प्रधानाध्यापक थिए ।
उनले गत बर्ष मात्र नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ छोडेर नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रबेश गरेका थिए । उनले वडाध्यक्ष लड्नका लागि शिक्षक पदबाट राजीनामा दिएका थिए।










