निराकरण खबर अछाम:साफेबगर नगरपालिका वडा नं १३ बाब्लाको राष्ट्रिय माबि मतदान केन्द्रमा मतदान प्रकिया रोकिएको छ।
मतदानका क्रममा दुई समूह बिच झडप हुदा मतदान प्रक्रिया रोकिएको हो। बिहान ११ बजे एमाले समर्थक र गठबन्धन बिच झडप हुदा २ जना घाइते भएका छन। एमालेबाट वडा अध्यक्षमा रुप बहादुर कुँवर र गठबन्धनका तर्फबाट समाजवादीका तर्फबाट टेक बहादुर बटाला अध्यक्षको उम्मेदवारी रहेका छन् ।कुल १९०० मतदान रहेको राष्ट्रिय माबि बाब्लामा झडप हुनुपुर्ब २०६ मत खसेका छन् । अहिले एमाले समर्थकले पुन: मतदान हुनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन।










