Advertisement
SKIP THIS
आम नागरिककाे दुख,सुखको सारथी बन्छु,मेयर पदका उम्मेदवार खड्का

निराकरण खबर डाेटि: राजनिती भनेको अशाय ,अन्यायमापरेका ,गरिब,दिनदुःखी हरूको हक ,हित र अधिकारको निम्ति उठाउने एउटा बुलन्द आवाज भएकाले ३० हुन गइरहेको स्थानीय निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाको मेयर पदका उम्मेदवार वाजि सिं खड्का (विजयी)ले घरदैलाे कार्यक्रम गर्दै आम नागरिककाे समस्यानै मेराे समस्या भयकाे हुदा आम जन समुदायकाे दुख सुखकाे आफु सारथि बन्ने बताए ।

स्थानीय तह २०७४ काे निर्वाचनमा आफु पराजय वेहार्नु परेपनि आफु निरन्तर दिपायल सिलगढी नगरपालिकाका जनसमुदाय दुख सुखसंगनै रहेकाे हुँदा आफु र आफ्नु सम्पुर्ण टिमलाइ नगरवासि ले जिताउन अपिल गरेका छन् अव आउँदाे निर्वाचन मा निर्वाचित भएपछि सम्पुर्ण नगरवासि हरुकाे विर्हतर हितका लागि निरन्तर लागि पर्ने बताए ।

घर दैलो कार्यक्रम अन्तर्गत आज दिपायल सिलगढी नगरपालिका वडानम्वर ५ काे पुन्ना,लेकठाटा,वागठाटा,धामिगाउ टाेलमा घर दैलो कार्यक्रममा मेयर का उमेदवार वाजि सि खड्का विजयी र उप-मेयर पदका उमेदवार कलावती साउद संगै सुदुरपश्चिम प्रदेश का प्रदेश सभासद भरत खड्का,पुर्व सांसद कल्पना साेप,मेयर पदका दावेदार तथा नगर सभापति गणेश मालासी,महाधिवेशन प्रतिनिधि जित वहादुर खड्का, कुमार सिं टेलर नेपाली काग्रेसका जिल्ला सदस्य सुसिल घर्ती,प्रसिस महरा, लगायत तरुण दल ,नेविसंघका प्रतिनिधि काे उल्लेख्य सहभागिता रहेकाे तरुण दल जिल्ला सदस्य राेसन काेलिले जानकारी दिए।

तपाईको प्रतिक्रिया