निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशनमा सभापति भएको पुनः निर्वाचनको मतदान प्रक्रिया सकिएको छ ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पछि सोमबार भएको निर्वाचनमा १४सय ९३ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।
क्षेत्र न.१ बाट ७सय ३ र क्षेत्र न.२ मा ७सय ९० मतदाताले मतदान गरेका हुन समितिले जनाएको छ। अबको केही बेरमै सभापतिको मत गणना समेत सुरु भएको छ।दोस्रो चरणको निर्वाचनमा पुष्प शाह र भरत कुमार स्वार चुनावी प्रतिस्पर्धामा रहेका छन।










