Advertisement
SKIP THIS
कांग्रेस अछाम अधिबेशन ,सभापतिको मतगणना सुरु

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशनमा सभापति भएको पुनः निर्वाचनको मतदान प्रक्रिया सकिएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पछि सोमबार भएको  निर्वाचनमा १४सय ९३  जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।

क्षेत्र न.१ बाट ७सय ३ र क्षेत्र न.२ मा ७सय ९० मतदाताले मतदान गरेका हुन समितिले जनाएको छ। अबको केही बेरमै सभापतिको  मत गणना समेत सुरु भएको  छ।दोस्रो चरणको निर्वाचनमा पुष्प शाह र भरत कुमार स्वार चुनावी प्रतिस्पर्धामा रहेका छन।

तपाईको प्रतिक्रिया