Advertisement
SKIP THIS
का‌ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा

काठमाडौं: नेपाली का‌ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाको जानकारी गराएर राजीनामा पत्र बुझाउन विश्वकर्मा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।

षड्यन्त्र मुलक ढंगबाट दलित समूदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन’ उनको राजीनामा पत्रमा भनिएको छ, ‘यो प्रवृत्तिले नेपाली काँग्रेस पार्टीमा दलित समूदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भ्रातृ संस्था दलित संघको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु।’

तपाईको प्रतिक्रिया