Advertisement
SKIP THIS
कञ्चनपुरको बेलौरीमा एक बालक अलपत्र अवस्थामा फेला

अछाम:कञ्चनपुरको दक्षीणी क्षेत्रमा एक बालक अलपत्र अवस्थामा फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका ४ बेलौरी बजारमा मंगलबार साँझ अन्दाजी १३ र १४ वर्षका बालक फेला परेका हुन्।

अलपत्र अवस्थामा फेला परेका बालकको इलाका प्रहरी कार्यालय बेलौरीले उद्धार गरी ल्याएको बेलौरी प्रहरी प्रमुख कमल कुमार खड्काले जानकारी दिए ।ती बालकको परिचय नखुलेको प्रहरी प्रमुख खड्काले बताए । बालकलाई चिन्न सक्ने व्यक्तिहरूले उनका आफन्तकहाँ खबर पुर्‍याई सहयोग गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया