निराकरण सम्वाददाता अछाम:संसद बिधठन गरि राष्ट्रपतिबाट ३ अोटा अध्यादेश जारी सरकारले प्रसतुत गरेको आार्थिक बर्ष २०७८/८९ को नीति तथा कार्यक्रम त्रीदेशीय सडक सेति लोकमार्गको टीकापुर साफेँ खण्डका बजेट बिनियोजन गरेको छ।
अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको आार्थिक बर्ष २०७८/८९ को नीति तथा कार्यक्रममा सेती लोकमार्गको टीकापुर-साँफे खण्ड,मेची कोरिडोरको देउराली-भैसे खण्ड, तमोर कोरिडोरको चतरा-ओलाङ्चुङगोला खण्ड, कोशी कोरिडोरको खाँदवारी-किमाथाङ्काखण्ड, त्रिशुली कोरिडोरको त्रिशुली-साफ्रुवेसी-रसुवागढी खण्ड, कालीगण्डकी कोरिडोर, निर्माण कार्य अघि बढाउन रु. ६ अर्ब ५० करोड विनियोजन गरेको हो।
कैलालीको टीकापुर खक्रौरा (नेपाल भारत सिमा) देखि अछाम बाजुरा हुदै बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ ताक्लाकोट सीमा नाकाजोड्ने त्रिदेशिय सेती लोकमार्ग चर्चामै सिमीत रहेका बेला सरकारले टिकापुर साफे खण्ड भन्दै बजेट बिनीयोजन गरेको हो । लोकमार्गको टीकापुर साफे खण्ड १ सय ३५ किलोमिटर रहेको छ।
कैलालीको भागमा ६ दशममलब ५ किलोमिटर भागमा अछामको साफेबगर देखि कालिमाटी सम्म अनुमानित ३ किलोमिटरमा कालोपत्रेको काम गरिएको छ ।
सरकारबाट पर्याप्त बजेट विनियोजन नहुदा अलपत्र परेको यो लोकमार्ग निर्माण शुरु भएको ११ वर्ष पछि केहि बजेट बिनियोजन भएको हो।आर्थिक बर्ष २०७७/७८मा यस खण्का लागि सरकारले १५ करोड बजेट बिनियोजन गरेको थियो।









