काठमाडौं:नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको बिहीबार विहान निधन भयो ।
कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ४७ वर्षको अल्पायुमै निधन भएको हो ।
जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । उनी कम्पनीमा निर्देशकमा रुपमा अहिले पनि काम गरिरहेका थिए ।
कम्पनीलाई जन्माउने नेपालकै नम्बर-१ इन्टरनेट सेवा प्रदायक बनाउनेसम्मका काममा उनको ठूलो योगदान छ ।









