Advertisement
SKIP THIS
वर्ल्डलिंकका निर्देशक विजय जलानको निधन

काठमाडौं:नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको बिहीबार विहान निधन भयो ।

कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ४७ वर्षको अल्पायुमै निधन भएको हो ।

जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । उनी कम्पनीमा निर्देशकमा रुपमा अहिले पनि काम गरिरहेका थिए ।

कम्पनीलाई जन्माउने नेपालकै नम्बर-१ इन्टरनेट सेवा प्रदायक बनाउनेसम्मका काममा उनको ठूलो योगदान छ ।

तपाईको प्रतिक्रिया