Advertisement
SKIP THIS
बान्नीगढी गाउँपालीकामा कोरोना संक्रमितलाई घरमै गएर उपचार तथा परामर्श

निराकरण सम्वाददाता अछाम: बान्नीगढीका जयगढ गाउँपालीकाले कोरोना संक्रमितलाई घरमै गयर उपचार तथा उनिहरुको अवस्था बारे बुझ्न थालेको छ।

गाउँपालीकाको वडा नं ६ दर्ता पाटेखेतका कोरोना संक्रमितहरुको अवस्था बारे बुझ्नुका साथै उनिहरुलाई लक्षण अनुसारको आवश्यक अौषधि बितरण गर्न दर्ना स्वास्थ्य चौकीका प्रमुख नारायण रिमाल आफै कोरोना संक्रमितको घर दैलोमा पुगेका छन् ।

रिमालले कोरोना संक्रमितहरुलाई परामर्श समेत दिएका छन् ।केही दिन अघि बान्नीगढी जयगढ गाउँपालीका वडा नं ६ दर्ना पाठेखेतका २० जनामा क‍ोरोना पुष्टि भएको थियो । अहिले कोरोना संक्रमितको अवस्था सुधारउन्मुख रहेको स्वास्थ्य चौकि प्रमुख रिमालले बताए ।

तपाईको प्रतिक्रिया