Advertisement
SKIP THIS
अछाममा एसईईमा ५५.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण

अछाम:अछाम जिल्लामा सञ्चालन भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५५.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ अछामका सूचना अधिकारी सुरेन्द्र प्रसाद बजगाईका अनुसार नियमिततर्फ परीक्षामा सहभागी ३ हजार ८ सय ४ जना विद्यार्थीमध्ये २ हजार १ सय १७ जना उत्तीर्ण भएका हुन्। बाँकी १ हजार ६ सय ८३ जना विद्यार्थीले एनजी (Non-Graded) प्राप्त गरेका छन्।

गत चैत १९ गतेदेखि सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा अछाम जिल्लाबाट कुल ४ हजार ४ सय ९१ जना विद्यार्थी सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया