Advertisement
SKIP THIS
ईलाका प्रहरी कार्यालय बेलौरीद्वारा अबैध बोईलर कुखुरा नष्ट

निराकरण सम्वाददाता अछाम:ईलाका प्रहरी कार्यलय बेलौरीले अबैध बोईलर कुखुरा नष्ट गरेको छ।

ईलाका प्रहरी कार्यलय बेलौरीका प्रहरी प्रमुख कमल कुमार खड्काको नेतृत्वमा गएको टोलीले गए राति साढे १२ बजेको समयमा कञ्चनपुर जिल्लाको लालझाडी गाउंपालिका वडा नम्वर ६ चान्देवबाट बेबारिसे अवस्थामा १३ सय गोटा अबैध बोईलर कुखुरा नष्ट गरेको हो। नष्ट गरिएको अबैध बोईलर कुखुराको हालको बजार मूल्य ६ लाख २४ हजार रहेको छ।

अबैध बोईलर कुखुरा उघोग बाणिज्य संघका अध्यक्ष, पशु क्वारेन्टाइन बेलाौरीका प्रतिनिधि र पत्रकार लगायत स्थानिय मानिसहरुको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख कमल कुमार खड्काले बताए ।

पछिल्लो ७ महिनाको अवधिमा ईलाका प्रहरी कार्यलय बेलौरीले ३६ सय केजि अवैध बोइलर कुखुरा नष्ट गरि सकिएको छ।

तपाईको प्रतिक्रिया