Advertisement
SKIP THIS
अछाममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाकाे मृत्युु

निराकरण सम्वाददाता अछाम:अछाममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाकाे मृत्युु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नं १ कुन्तिमा करेन्ट लागेर १५ वर्षिय बालिकाकाे मृत्युु भएको हो।

गय राति ९ बजेतिर माेवायल चार्ज गर्ने क्रममा स्थानीय बमराज नाथकि १५ वर्षिया छाेरी सपना नाथकाे मृत्युु भएको स्थानीय रामराज नाथलाई उद्रिद गर्दै पत्रकार ह‍ोम साउदले जानकारी दिए।

राति जिल्ला अस्पताल ल्याएकी सपनालाई अस्पतालले मृत घाेषणा गरेकाे हाे । मृतक सपना कुन्ति माध्यमिक बिधालयमा कक्षा ६ मा अध्ययनरत थिईन ।

तपाईको प्रतिक्रिया