निराकरण सम्वाददाता अछाम: महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नारा सहित १११ औ अन्तर्राष्ट्रिय नारी दिवस आज मेल्लेख गाउपालिका वडा न ८ हात्तीकोट मा सप्पन्न भएको छ।
महिला संजाल हात्तीकोट अध्यक्ष झुमा साउदको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अथिती मेल्लेख गाउपालिका वडा न ८ का वडा अध्यक्ष खकिन्द्र साउद रहेका थिए । प्रमुख अतिथि आसन बाट बोल्दै महिला माथी हुने घरेलु हिंसा लैङ्गकिक हिंसा बहु विवाह छाउपडी प्रथा न्यूनीकरण को लागि पहल गर्ने र त्यस्ता खाले हिंसा विरुद्ध को निम्ति न्याय को लागि जतिसुकै बेला पनि सहयोग गर्ने बताए।
त्यस्तै कार्यक्रम दलित सेवा संघ अछाम सचीव टक ताम्राकार पशु शाखाका भुपेन्द्र बुढा दलित सेवा संघ अछाम् कार्यक्रम अधिकृत चित्र बिस्वकर्मा लेखा तथा प्रशासन दिनेश कडारा फिल्ड सुपरभाइजर सुरत सुनार दलित संजाल अध्यक्ष महेस सुनार सचिव दिपक भुल विभिन्न बिधालय प्र अ राजनीतिक दल पार्टी तथा प्रतिनिधि सरोकार वाला निकाय सम्पूर्ण महिला पुरुष उल्लेखनीय सहभागिता रहेको थियो ।
त्यस्तै महिला माथी भइरहेको हिंसा विरुद्ध चेतना मुलुक संदेश का साथ विभिन्न डेउडा न्याउले खेल पुत्ला खेल को आयोजना गरिएको थियो ।जसमा प्रथम स्थान हात्तीकोट दोस्रो जागरण ,जनजागरण र सृजन्सिल समूह तेस्रो डुङ्गरी टोल त्यस्तै सान्त्वना थापागाउ टोल भएको छ।
मेल्लेख गाउपालिका वडा न ८ हात्तीकोट दलित सेवा संघ अछाम र डिसि ए को सहकार्य र महिला सन्जाल हात्तीकोट को आयोजना भएको कार्यक्रम संचालन महिला संजाल का सचिव धन्सरा बोहरा ठ्कुल्लाले गरेका थिए ।