निराकरण सम्वाददाता अछाम: स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चाैरपाटी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिता अाजबाट सुरु भएकाे छ ।
चाैरपाटी गाउँपालिका सामाजिक विकास समिति संयाेजक राम बहादुर साउँदकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथी चाैरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि साउदले प्रतियोगिता हार र जित नभई मित्रता बढाउन र विद्यार्थीहरुकाे लुकेर रहेका प्रतिभा देखाउने उद्वेश्यले खेलकुद प्रतियोगिताकाे अायाेजना गरिएकाे बताए ।
गाउँपालिका अध्यक्ष साउदले खेलकुदमा उत्कृत खेल प्रदर्शन गर्ने खेलाडीलाई जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागी गराउने बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दाैड छात्रछात्रा एक सय, २ सय,४ सय,८ सय, १५ सय र ३ हजार मिटरका खेल खेलाईने छ ।
यस्तै प्रतियोगितामा छात्रछात्रा भलिवल, ज्याभ्लिन थ्राे, हाईजम्प, त्रिपलजम्प,लङजम्प र कवड्डि खेल खेलाईने अायाेजकले जनाएकाे छ । गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, प्रमुख प्रशासकिय अधिकृत धन बहादुर र वडा नं ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयाेजक राम बहादुर साउदले भलिबल काेल्डमा वल प्रवेश गराएर खेलकुद प्रतियोगिताकाे उद्घाटन गरे।
चाैरपाटी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले स्वागत मन्तब्य राख्नु भएकाे कार्यक्रमकाे सञ्चालन शिक्षा शाखा प्रमुख बुद्वि सिंह सुनारले गरेका थिए। कार्यक्रम फागुन २३ गते सम्म सञ्चालन गरिने अायाेजक जानकारी दिए
।