Advertisement
SKIP THIS
भारतमा करेन्ट लागेर अछामकी एक महिलाको मृत्यु

टेकराज भण्डारी,अछाम: अछामकी एक महिलाकाे भारतकाे हैदरावादमा करेन्ट लागेर ज्यान गएकाे छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली घर भई हाल भारत हैदरावादमा राेजगारी गर्दै आउनु भएका २१ बर्षकी जानकी बाेगटीकाे करेन्ट लागेर ज्यान गएकाे हाे ।

बुधबार साँझ बिल्डिङकाे बाहिर बरण्डामा सुकाउन लगाएका लुगा निकाल्ने क्रममा बिजुलीकाे तारमा छुन गई करेन्ट लागेर ज्यान गएकाे उहाँका श्रीमान तिल बहादुर बाेगटीले बताए ।

भारत हैदरावादकाे बाेईन पल्ली भन्ने ठाउँमा जानकी श्रीमान सहित बस्दै आउनु भएकाे थियाे ।

अछामकाे कमलबजार नगरपालिका वडा नम्बर १० घाेडासैन माईती घर भएकी जानकीकाे करिब २ बर्ष पहिले बिवाह भएको थियाे ।

२ बर्षदेखि नै भारत बस्दै आएकी जानकीकाे एउटा छाेरी समेत रहेकी उहाँका ससुरा प्रेम बहादुर बाेगटीले जानकारी दिए।

घटना पछि भारतीय प्रहरीले घटनाबारे आवश्यक जानकारी समेत लिएकाे श्रीमान तिल बहादुरले बताए ।

तपाईको प्रतिक्रिया