Advertisement
SKIP THIS
अदालतले असंवैधानिक घोषित गरेपछी हतासमा प्रधानमन्त्री ओलि

पूर्ण रावल काठमाडौं: नागरिक अगुवा, कानून व्यवसायी, प्रबुद्द वर्ग र राजनितीक दलहरूबाट अत्यधिक आलोचित भएपछि प्रधानमन्त्री खड्ग प्रसाद ओली निकै हताश र सशंकित भएको अनुमान उनको बिराटनगर भाषणबाट गरिएको थियो । पार्टिको केन्द्रिय कमिटीदेखि सँसदीय दलसम्म अल्पमतमा परेका ओलीको सँसद विघटनको कदमलाई सर्बोच्च अदालतले असंवैधानिक घोषित गरे यताका केही दिनमा उनी थप अस्तव्यस्त हुनेगरी निरास र त्रसित भएको पुष्टि हुने थालेको छ । पोखरामा आयोजित कार्यक्रममा ओलीले आफूलाई सुरक्षा चुनौती भएको औंल्याउँदै आफू कुनैपनी बेला मारिन सक्ने अभिव्यक्ती गरेपछी भने उनको हताशा, निराशा र डर छलबलिएर पोखिनै थालेको प्रस्ट भएको छ ।

पोखराको ‘सरकारी आमशभामा’ सोमबार अभिव्यक्त ओलीको सुरक्षा चुनौतीको कुराले उनीअत्यन्त पराजित मानसिकतामा पुगि सकेको जति सजिलै अनुमान गर्न सकिन्छ त्यो भन्दा बढी उनी जनताको सहानुभुती बटुल्न जनतालाई ‘इमोस्नल ब्ल्याकमेल’ गर्न उद्दत भएको समेत सजिलै महसुस गर्न सकिन्छ । आफ्नो ज्यान तलमाथि हुन सक्ने ओलीको अभिव्यक्तीले नेपालको प्रधानमन्त्रीको ज्यान शुरक्षित नभए, कसको जीवन शुरक्षित छ त भन्ने प्रश्नलाई जन्माएको छ ।

सधैं बाक्लो सुरक्षा घेरामा बस्न मन पराउने, सभास्थल वरपरका घरका छ्तछ्तमा समेत मनग्य सुरक्षाकर्मी तैनाथ गरि भाषण गर्न रूचाउने र आफू उपस्थित कार्यक्रममा कालो मास्क लाउनेहरूलाई प्रवेशबाट बर्जित गर्ने हाम्रा प्रधानमन्त्रीलाई साँच्चै सुरक्षा थ्रेट छ कि त्यो उनको काल्पनिक डर मात्रै हो भन्ने प्रश्न पनि टड्कारो रूपमा उठेको छ ।

प्रधानमन्त्री ओलीको उत्थान र पतनको मूल कारण उनका अचम्म लाग्दा अभिव्यक्ती हुन् भन्ने नेपालीहरू थुप्र्सी छन् । २०६२/०६३ मा गणतन्त्रको आन्दोलन चुलिदै गर्दा ओलीले ‘नेपालमा गणतन्त्रको आन्दोलन सफल हुनु र बयलगाडा चढी अमेरिका पुग्छु भन्नु उस्तै कुरा हुन्’ भनेर चर्चामा बटुलेका थिए । राजावादीहरूलाई हौस्याउने र गणतन्त्रवादीहरूलाई हतोत्साही गर्ने उद्देश्यले व्यक्त ओलीको त्यो भनाई आजसम्म सबैभन्दा बढि आलोचित छ ।

उनको पहिलो प्रधानमन्त्रीको कार्यकालमा चलेको मधेश आन्दोलनमा मारिने मान्छेहरूलाई ‘एक दुईवटा आम झरेको’ र आन्दोलनमा सरीक हुने नागरिकहरूलाई ‘पारीपट्टिका मान्छे’ को संज्ञा दिएर उनले मधेशबाट तात्कालीन एमालेको साखै स्वाहा पारेका थिए । यो त्यहिबेला थियो जतिबेला मधेशी नेताहरूले संसद वैठकमा प्रधानमन्त्री खड्ग प्रसादको मानसीक स्वास्थ्यको जाँच गराउनुपर्ने माग गरेका थिए ।

पुस ५ गते उनले संसद विघटनको सिफारिश गरेपछि सार्बजनिक भएका उनका अनौठा अभिव्यक्ती तथा समकक्षी, समवयी र समकालिक नेताहरूका अभिव्यक्तीहरूलाई हाउभाउसहित दर्शाएका प्रधानमन्त्रीका कुन कुरा सत्य हुन् र कुन कुरा काल्पनिक हुन् भनी ठहर्‍याउन गार्हो भएको दावी गर्नेहरूको सँख्या पनि त्यत्तिकै ठूलो छ ।

हाल प्रधानमन्त्री खड्क प्रसादको शुरक्षामा करिब ४०० जना सुरक्षाकर्मी तैनाथ छन् । सिंहदरबारस्थित आफ्नो कार्यालय सम्म नपुगी बासस्थानबाटै सरकार चलाउने प्रधानमन्त्रीको निवास बालुवाटारभित्र हेलिप्याडको व्यव्स्था छ । सरकारी जनशभामा उनको आसन र कार्यक्रममा सहभागी जनता-कार्यकर्ताविच करिव १५० मिटरको दूरी कायम गर्ने चलन छ । त्यसका बावजुद समेत प्रधानमन्त्री ओली किन आफू अशुरक्षित भएको महसूस गर्नु हुन्छ, यो बुझि नसक्नुको विषय भएको छ । तर प्रधानमन्त्रीका अपत्त्यारिला र अनौठा अभिव्यक्तिलाई अर्थ्याउनेहरू भने उनको डर यथार्थ भन्दा ‘अभिव्यक्तिको स्टन्ट’ मात्र भएको र सर्वसाधरणदेखि नेता-कार्यकर्तालाई बशिभूत गर्ने प्रपञ्च बाहेक अर्को नभएको लख काट्छन् ।

अर्कोथरी मान्छेहरू प्रधानमन्त्रीले आफू मारिन सक्ने भनी दिएको अभिव्यक्तीलाई ‘झुठा सपनाको खेती’ फस्टाउन छोडेपछी आएको अर्को ‘शब्द जाल’को रूपमा अर्थ्याउँ छन् । प्रधानमन्त्रीको पोखरा मनतव्यलाई लाइभ गरिरहेका विभिन्न सोसल मिडियामा कमेन्ट गर्ने थुप्रै दर्शकहरूले पनि प्रधानमन्त्रीको ‘आफू मारिएपनी पार्टी बचाउनू’ भन्ने उपदेशलाई त्यही शाव्दिक षडयन्त्रको पाटोको रूपमा अर्थ्याएका छन् । एक बर्षभित्र भूपरिवेष्ठित नेपालमा पानीजहाज ल्याउने, सबै नेपालीका घरघरमा ग्यासको पाइप जोडिसक्ने र जलसम्पन्न मुलुकको लोडसेडिङ्लाई हावाको विजुलीमार्फत अन्त्य गर्ने ओली सपनाको झोली च्यातिएपछी उनी ‘झुठा भावनाहरूको ब्यापार’ सुरू गर्न थालेको टिप्पणीले सोसल मिडिया रंङ्गिएका छ्न् ।

आफूलाई इतिहासकै शक्तीशाली, निर्णायक र सहासी देखाउन तम्सिने प्रधानमन्त्रीको त्यो अभिव्यक्तीले नेपाली सेना र प्रहरीलाई खिज्याएको र पदीय हैसिएत समेतको मर्यादा नराखेको अर्थमा बुझ्नेहरू पनि उत्तिकै छन् । आफै प्रधानमन्त्री, हुन्छ मात्रै भन्ने राष्ट्रपती, विश्वासपात्र सुरक्षामन्त्री र जागिरसँग जीवन साँटेका गृहमन्त्रीको बलियो साथ हुँदाहुँदै प्रधानमन्त्रीले त्यसो भन्न र सोच्न समेत अशोभनीय हुने उनिहरूको बुझाई छ । ‘काल्पनिक डरसँग डराउने प्रधानमन्त्रीले आम जनतालाई सुरक्षा र न्यायको प्रत्याभूति कसरी दिन सक्नुहुन्छ ?” सेतोपाटीका एकजना दर्शकको टिप्पणी छ ।

सोसल मिडियामा भाइरलै भएको प्रधानमन्त्रीको उक्त भनाई प्रती उनका समर्थक चाहिँ लगभग मौन छन् । सायद उनीहरू प्रधानमन्त्रीको आकास्मिक, नौलो र अनपेक्षित भनाईलाई जस्टिफाइ गर्ने तर्ककै खोजिमा छन् ।

पोखरा अनलाइनका एकजना दर्शकले प्रधानमन्त्रीलाई अत्यन्त अविश्वसनीय र निच हर्कत गर्न सक्ने मान्छेको रूपमा चित्रीत गर्दै लेखेका छन्- हेर्दै जानु है : ओलीले आफ्नै सुन्डमुसुन्डहरुलाई आफैमाथी हमला गर्न लगाएर नेपाली जनताको आँखामा छारो हाल्ने छ्न् ।’

तपाईको प्रतिक्रिया