Advertisement
SKIP THIS
नेकपा नफुटे सम्म कांग्रेस सरकारमा नजाने

काठमाडौ:प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक तरंगबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल सरकारमा नजाने निर्णय लिएको छ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सत्तारुढ नेकपा विभाजनको कानुनी टुंगो नलागेसम्म तटस्थ बस्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी अधिकांश नेताहरुले  पनि अहिले हतारिएर सरकारमा जाने कुरा उचित नहुने धारणा राखेका छन्।

नेकपा व्यवहारिक रुपमा दुई समूहमा बाँडिएकाले अगामी साता समीकरणमा कांग्रेस निर्णायक देखिएको छ। यो अवस्थामा कांग्रेसले लिने निर्णयमा धेरैको चासो थियो। 

बुधबार मात्रै चितवनबाट आएर दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई सत्ता साझेदारी प्रस्ताव गरेका थिए। तर देउवाले पार्टीमा छलफल गर्ने भन्दै दुवै नेतालाई फर्काइदिएका थिए।

यस्तोमा कांग्रेसले तटस्थ बस्ने निर्णय लिएर तत्काल सत्तामा नजाने संकेत गरेको हो। सभापति देउवा निवासको पदाधिकारी बैठकले कांग्रेस तत्काल कतै नजाने निचोडमा पुगेको सह-महामन्त्री डा. प्रकाशशरण महतले बताए ।फरकधार

तपाईको प्रतिक्रिया