Advertisement
SKIP THIS
देशका ३ प्रदेशमा मेघगर्जन सहित चट्टयाङ

काठमाडौं :नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । यसको प्रभावस्वरुप आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कबचदयततबm अझभलत
यसैबीच, आजको काठमाडौंको न्यूनतम तापक्रम ९।५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ९।५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार आज दिउँसो काठमाडौंको तापक्रम २५–२७ डिग्री सेल्सियससम्म पुग्ने छ । वाग्मती प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन ।

आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया