Advertisement
SKIP THIS
बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु

काठमाडौं :प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घट’नाक्रमबारे छलफल गर्न बोलाइएको स्थायी कमिटीको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको स्थायी कमिटी सदस्य केशव बडालले जानकारी दिए।

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलासँगै विकास भएको राजनीतिक घटनाक्रममा नयाँ रणनीति बनाउन बैठक बोलाएका हुन्।

पार्टीको विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद् विघटन गरेपछि सत्तारूढ दल नेकपा दुई खेमामा छ। मंगलबार सर्वोच्च अदालतले विघटन बदर गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओली अहिले नैतिक संकटमा रहेका छन्।

यता, विभाजित प्रचण्ड-माधव पक्ष सर्वोच्चको फैसलालाई स्वागत गर्दै ओलीको राजीनामा मागिरहेका छन्

तपाईको प्रतिक्रिया