काठमाडौं फागुन :प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेको छ ।
मंगलबार (आज) साँझ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संवैधानिक इजलासले संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुष पाँच गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेकी थिइन् ।
त्यसविरुद्ध प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएका थिए ।