नेपाली काँग्रेस सुदूपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाललाई प्रदेशको रिर्पोटिङ्ग गरेका छन् ।
सभापति देउवाको निवाश काठमाण्डौको बुढानिलकंठमा भेटी सुदूरपश्चिम प्रदेश सभा तथा यहाँको सरकारको कामको जानकारी गराएका छन् ।
नेपाली काँग्रेस सुदूपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशको राजनीतिक गतिरोधका बारेमा समेत पार्टी सभापति देउवालाई भेटी ब्रिफिङ्ग गरेका छन् । सुदूरपश्चिममा संसदीय दलले अझै शसक्त रुपमा प्रतिपक्षीको भुमिका निर्वाही गर्न समेत पार्टी सभापति देउवाले निर्देशन दिएका छन् ।
सभापति देउवाले सुदूरपश्चिम प्रदेशमा बिकासका काम र सरकारले काम प्रति असन्तुष्टी समेत व्यक्त गरेको बताईएको छ । सभापति देउवाले जुनसुकै हालतमा पनि संबिधान कार्यान्वयन गरी संघियता सफल पर्नमा काँग्रेस लाग्नुपर्ने भनेर डा. रावललाई सुझाएका थिए । काँग्रेस लोकतान्त्री पार्टी भएकोले जनताको पक्षमा काम गर्न समेत आग्रह गरेका छन् ।
भेटमा सभापति देउवाले संसद बिघटना भएपछि सुदूरपश्चिम प्रदेशमा निकै सचेत भएर लाग्न समेत सुदूरपश्चिम प्रदेशका माननियलाई आग्रह गरेका छन् ।