Advertisement
SKIP THIS
प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना खटियो।

काठमाडौं : प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको सरकारले भारी कटौतीसँगै उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ।

यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो।

सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले दाहाललाई दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ।

सुरक्षा चुनौतीलाई ध्यान दिएर पूर्वजनमुक्ति सेनाको टोली खटाइएको प्रचण्ड-नेपाल समूहका राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। सेतोपाटि

तपाईको प्रतिक्रिया